“नेपाल इकोनोमी समिट २०२३” आयोजना गरिँदै



काठमाडाैं  ।

नेकपा एमाले निकट उद्योगी व्यावसायिहरुको छाता संगठन नेपाल उद्योग तथा व्यावसायिक महासंघले  आउँदो वैशाख २४ गते महासंघकाे स्थापना दिवसको सन्दर्भमा “नेपाल इकोनोमी समिट २०२३” काठमाडौँमा आयोजना गर्ने भएको छ ।

नेपाल इकोनोमी समिट २०२३” सुचनाप्रविधि,ऊर्जा ,कृषि , खनिज ,वित्तीय र पर्यटन सँग सम्बन्धित मुद्दाहरू मा केन्द्रीकृत भएर गर्न लागिएको हो। संवृद्ध नेपाल सुखी नेपालीलाई मूर्तरूप दिन नेपाल इकोनोमी समिटमा 2023 आयोजना गर्न लागिएको हो ।

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न भएता पनि पर्याप्त मात्रमा पुँजीको अभाव ,परम्परागत कृषि प्रणाली ,सरकारको कमजोर औद्योगिक नीति ,नयाँ नयाँ प्रविधिको अभाव ,दुई ठुला राष्ट्रको तुलनामा नेपालको कमजोर अर्थ व्यवस्थाका कारण आज सम्म नेपालले आर्थिक प्रगति गर्न नसकेको कुरा महासंघका अध्यक्ष एल.पी सावाँ लिम्बुले बताउनुभयो ।

सम्मेलनलाई भव्य र सव्य बनाउन महासंघ तयारीमा जुटिसकेको जानकारी अध्यक्ष सावाँले दिनुभयो । यही माघ ७ गते बसेको महासंघकाे तेस्रो विस्तारित बैठकले नेपाल इकोनोमी समिट २०२३ आयोजना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्