
काभ्रे ।
बनेपाको चारदोबाटोमा रहेको कम्युनिटी वेलनेस सेन्टरले विश्व क्यान्सर दिवसको अवसर पारेर हाडजोर्नी, स्त्रीरोग तथा जनरल मेडिसिन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षणको अलावा हाडजोर्नी, स्त्रीरोग सम्बन्धी चेकजाँच र परार्मश, फिजियोथेरापी परामर्श गरिएको थियो । औषधी तथा ल्याबमा विशेष छुट गरिएको शिविर बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो ।
शिविरमा ३० जनाले हाडजोर्नी सम्बन्धी सेवा लिएका थिए भने सामान्य परीक्षण ५५ जनाले गरेका थिए । फिजियोमा १५ जना तथा स्त्रिरोग सम्बन्धी १० जनाले परीक्षण गराएका थिए ।
यस अघि कम्युनिटी वेलनेस सेन्टर बनेपाले धुलिखेल नगरपालिका वडा नम्बर १ देवीटारमा एक दिने कोभिड १९ तथा फिजियोथेरापी सम्बन्धी अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको मेडिकल अधिकृत डा. सुमित प्रजापतिले बताउनु भयो ।