हिमपातले अवरुद्ध मुगुका ग्रामीण सडक सुचारु



मुगु।

हिउँ जमेपछि केही दिन यता अवरुद्ध नाग्म गमगढी सडक सुचारु भएको छ भने सोरु तारापानि गमगढि सडक खण्ड र गमगढि ताल्च ,गमगढि छाइल सडक सुचारु हुन थालेका छन्।

हिमपातले अबरुद्ध ठाउँमा मानिस ,डोजर र स्काभेटरले हिउँ हटाई सडक सुचारु गरेपछि मुगुका ग्रामीण भेगका अबरुद्ध सडकमा यातायात सुचारु हुन थालेका हुन्।

सडक डिभिजन कार्यालय जुम्लाले सडक खण्डको पिना-सातमोड-बुलबुले क्षेत्रमा जमेको हिउँ एक्सावेटरको प्रयोग गरेर पन्छाउने काम सम्पन्न गरेसंगै अवरुद्ध सडक संचालनमा आएको हो ।

गत १० गते रातीबाट ११ गतेसम्म हिमाली जिल्लाहरुमा हिमपात हुँदा यो क्षेत्रमा २ फिट भन्दा बाख्लो हिउँ जमेको थियो । हिउँ बाक्लाे जमेपछि नाग्म गमगढी सडकमा गत १० गतेबाटै यातायातका साधनहरु चल्न सकेका थिएनन । हिमपातपछि केही यता घामलागेर हिउँ पग्लिएको छ।

सिंजालगायत गमगढी आसपासमा हिउँ घामले पग्लिएपछि घुच्ची लेख जहाँ सातमामोड र बुलबुले क्षेत्र पर्छ त्यहाँ बाख्लो हिउँ जमेर सडक अवरुद्ध भएको थियो सो क्षेत्रको हिउँ हटाउन डिभिजन कार्यालयले १२ गतेबाटै हिउँ पन्छाउन शुरु गरेको र सो काम दिउसो सम्पन्न भएसंगै सडक सुचारु भएको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाईजर जंगी विश्वकर्माले बताउनु भयो ।

विगत वर्षहरुमा वर्षामा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिना दिन सम्म अवरुद्ध हुने गरेपनि यो आवबाट सडक डिभिजन कार्यालय जुम्लाले पहिरो र हिउँ पन्छाउन ठाँउ ठाँउमा एक्साभेटर र कर्मचारीहरु तयारी अवस्थामा राख्दा बढीमा एक हप्तासम्म मात्र सडक अवरुद्ध हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्