प्रेस चौतारी स्थापना दिवसको दिन पुरस्कार वितरण गरिने



काठमाडौं ।  

नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ । २२ माघ काठमाडौंमा हुन गईरहेको स्थापना दिवसको दिन पुरस्कार वितरण गरिन लागिएको सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालले जानकारी दिए ।

उनका अनुसार बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई सोही दिन पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र  चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई दिन लागिएको चौतारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्