आजबाट सुरु हुने बन्द प्रशिक्षणमा सन्दीप लामिछाने सहभागी हुने



काठमाडौं । नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजोदेखि बन्द प्रशिक्षणमा सहभागी हुन लामिछाने हिजो नै त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्