निराजन र उपासनाको रोमान्स



आकर्षक मिडियोका साथ बिजुली बोलको गीत हालै सार्वजनिक गरिएको छ ।

गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको गीतमा महेश ताम्राकारको शब्द रचना र संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायाकन गरिएको मिडियोमा मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीले अभिनय गरेका छन् ।

गीतको भिडियोमा निराजन र उपासनालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । मिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथा देखाएको छ । फिल्ममा मात्र अभिनय गर्दै आएकी उपासनाको यो पहिलो म्युजिक भिडियो हो ।

मिडियोलाई हरि हुमागाईले निर्देशन गरेका छन् । हुमागाईले भिडियोमा फरक कथा सुनेका छन् ।

मिडियोमा मौसम हिमालीको कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन तथा प्रवीण मानन्धरको भीएफएक्स, कलरिङ र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्