बेथान्चोक घटनाको प्रतिवेदन सार्वजनिक

बसका चालक रिसाउँदा ‘दुर्घटना’



काभ्रे। 

काभ्रेको बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलालगणेस्थानमा १७ जनाको ज्यान जाने गरी भएको दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।

दुर्घटना लगत्तै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । दुर्घटनामा २२ जना घाइते भएका थिए ।

२०७९ मसिंर २७ गते बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानमा च्याल्टीबाट पनौती तर्फ आउँदै गरेको बाख ३ ख ४३८५ नम्बरको बस रिजर्भ गएर फर्कने क्रममा दुर्घटनामा परेको थियो । अध्ययन पछिको प्रतिवेदनको निष्कर्षमा चालक रिसाउँदा ओरालोमा तीव्र गतिको बस नियन्त्रण हुन नसक्दा दुर्घटना भएको उल्लेख गरिएको छ । समितिले दुर्घटनामा परेर बाँचेका घाइतेहरूको बयान लिनुका साथै तत्काल उद्धारमा खटिने स्थानीयहरु, जनप्रतिनिधिहरु, प्रहरी तथा अन्य ब्यक्तिहरुसँग जानकारी लिएको थियो । मसिंर २७ गते साँझ ६.५० बजे भएको दुर्घटना चालकको लार्पवाहीबाट भएको पुष्टी भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो । ‘दुर्घटनाको कारण पत्ता लगाउन तथा भविष्यमा यस्ता दुर्घटना हन नदिन उपायहरुका बारेमा सिफारिस गर्नु छानबिन समितिको प्रमुख कारण थियो’ – सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘बसका चालक सहित १७ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा कसको लार्पवाही हो त्यसको अध्ययन गरी प्रतिवेदन बुझाइएको छ ।’

बस चालक सन्तोष तिमल्सिनालाई बसमा सवार यात्रुहरूले गाली गरेको, अपशब्द प्रयोग गरेको, जर्बजस्ति गितहरु बजाउन लगाएको, भनेकै स्थानमा रोक्न भनेको, पनौती पुगेर फेरी च्याम्राङबेशी जानु पर्ने कारण हतार गरेर तीव्र गति चलाएको जस्ता विषय छानबिन समितिले प्राप्त गरेको छ ।

‘चालक सन्तोष तिमल्सिनाको आफन्तको विवाहमा जाने गरी मसिंर २७ गते साँझको अर्को रिजर्भ रहेछ’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘च्याल्टी गएको रिजर्भबाट दिउसो ४ बजे पनौती फर्किसक्ने मौखिक सम्झौतामा ढिलाई भए पछि सन्तोष पहिल्यै रिसाएका रहेछन् ।’ च्याल्टीबाट साँझ ६ बजे मात्रै फर्किएका सन्तोष च्याम्म्राङ्गबेशी जान ढिला भएको भन्दै रिसाएर तीव्र गतिमा बस चलाउँदै थिए । त्यसमा बस भित्र रहेका यात्रुहरुको थप कचकचले उनले बस तीव्र गतिमा कुदाउँदा ओरालोमा ब्रेक नलागेका कारण दुर्घटना भएको निश्कर्ष समितिले निकालेको छ । प्रहरी सहायक निरीक्षक सुमन श्रेष्ठले चालकले लार्पवाही गरेर तीव्र गतिमा बस गुडाउँदा दुर्घटना भएको बयान दिनु भएको छ । सहायक निरीक्षक रवीन्द्र बस्नेतले पनि बस ओरालो लाग्ने क्रममा तीव्र गति भएकाले रोकिन नसक्दा मोडमा ठोक्काएर थप क्षति भएको बयान दिएका छन् ।

बेथान्चोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णबहादुर लामाले बसमा सवार घाइतेहरू तथा स्थानीयहरुले व्रतबन्धमा गएको बस समयमा नफर्की यात्रुहरूले ढिला गरेका कारण चालकले तीव्र गतिमा सवारी चलाउँदा ओरालोमा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको सूचना पाएको बयान दिनु भएको छ । बसका सहचालक सन्तोष चौलागाईले पनौतीबाट च्याल्टी जाँदा बसमा ४२ यात्रु रहेको र फर्कँदा ३९ जना रहेको जानकारी दिएका छन् । बयानका क्रममा चौलागाईले सोही दिन दिउसो ३ बजे देखि ४ बजे फर्कने गरी बस रिजर्भ गरी गएको बताएका छन् । फर्कने क्रममा ढिला भई ६ बज्न पुग्यो,

प्रतिक्रिया दिनुहोस्