पत्रकार सिद्धिक कप्पन २८ महिनापछि रिहा



काठमाडौं ।

भारतको दक्षिण राज्य केरलका पत्रकार सिद्धिक कप्पन २८ महिना जेल बसेपछि रिहा भएका छन्। बुधवार मनी लन्ड्रिङ (पैसाको अवैध कारोबार)को एक मुद्दामा लखनऊको सेशन कोर्टले उनको जमानतमा फैसला हस्ताक्षर गरेपछि रिहा भएका हुन्।

२०२० मा हाथरस सामूहिक बलात्कारबारेमा रिपोर्टिङ गर्न जाने क्रममा उनलाई उत्तर प्रदेश पुलिसले पक्राउ गरेको थियो। उनीमाथि गैरकानूनी गतिविधि रोकथाम अधिनियम लगाइएको थियो।

अघिल्लो साल सेप्टेम्बरमा भारतीय सर्वोच्च अदालतले उनलाई यी सबै मामिलामा जमनत दिएको थियो। तर पैसाको अवैध कारोबारसम्बन्धी मुद्दामा उनलाई सफाइ मिलेको थिएन। त्यहीकारण उनी लामो समयदेखि जेलमै थिए। एक महिना पहिले पहले इलाहाबाद उच्च अदालतले उनलाई मनी लन्ड्रिङको केसमा जमानत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्