त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो १३५ ग्राम सुनसहित एक जना क्यानेडियन नागरिकलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ ।

दुबईबाट गएराति १२ बजे काठमाडौं आएका क्यानेडियन नागरिक ३५ वर्षीय मोहमद कमल महगौबलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो । ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्