बागमाती प्रदेश सभाको पाँचौ वार्षिकोत्सव सम्पन्न



हेटौडा । बागमाती प्रदेश सभाको पाँचौ वार्षिकोत्सव प्रदेश सभा सचिवालयको आयोजनामा बुधबार हेटौडामा विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको कार्यकाल भर्खर ५ वर्ष मात्र भएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिकता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान, लोकतन्त्र, दिगो शान्ति, सुसासन,बिकास, समृद्धि र अग्रगामी परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने ज्ञान अज्ञात सहितप्रति उच्च सम्मान गर्न चाहन्छु । धेरै सिउदोहरु पुछिए, मातृ, पितृ बात्सल्य गुमाएर हामी यो अवस्थामा आईपुगेका छौ । यो कुरालाई सबैले हृदयगमन गर्नुपर्छ । पाँच वर्षमा ७० वटा विधेक पारित भएको बताउँनुभयो ।

नयाँ निर्वाचित टिमले सत्ताका लागि सरकार भन्ने अवधारणालाई त्याग्दै जनताका लागि सरकारको अवधारणालाई विकास गर्ने मौकाका रुपमा उपयोग गर्न सक्नुपर्छ भन्नुभयो । विगतको शिक्षा र वर्तमानको अभ्यासले अबको खाका तयार पार्ने हो । स्वास्थ्य, रोजगारी, व्यवसायको विकास, वन्य जन्तु संरक्षण, वैदेशिका रोजगारमा ध्यान दिनुपर्नेछ ।

विगतमा अलपत्र परेका योजनाहरुको अनुगमन गरि पुरा गर्न ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । जीर्ण अवस्थामा रहेका हेटौडा सिमेन्ट कारखाना जस्ता उद्योगको उत्पादन क्षमता बृद्धि गरि अर्थतन्त्रमा टेवा दिने विषयमा आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

मन बचन र कर्मले भ्रष्टाचार नियन्त्रण, सुशासन व्यवस्थापन र रुपान्तरणका लागि काम गर्नु अपरिहार्य भएको छ । महगी रोक्नु, नियम, कानून निमार्ण गर्नु अति आवश्यक भएको छ । समस्याको समाधानका लागि इच्छा शक्ति हुनुपर्छ । विकास सबैका लागि भन्ने अवधारणा साथ काम हुने विश्वास लिएकोछु । विगतमा भएका कमी कमजोरीलाई सुधार्दै अघि बढाउँन सकोस् भन्नुभयो ।

कार्यक्रममा प्रदेश सभाका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेलले प्रदेशको राजधानी अपायक ठाउँमा भएपनि धेरै काम भएको छ । यसलाई निरन्तरता दिन र टिकाई राख्न ठूलो चुनौतिको विषय बन्दैछ ।

बागमती प्रदेशको प्रशासनिक भवनदेखि जग्गाको अभाव छ । यसका बाबजुद्ध पनि प्रदेश सभाको भवन बन्दै छ । निमार्णकार्य सम्पन्न भएपछि थप कामका लागि सहज भएपनि आवासका लागि अझै स्थान अभाव कायमै भएकाले सभासद्ज्यूहरुले बैठक केन्द्रीत यात्रा तया गर्नुपर्ने बाध्यता छ ।

यसका लागि सडक व्यवस्ति गर्नतर्फ सरकारको ध्यान केन्द्रित भएको र केही महिनाभित्रै हेटौडा आउँने बाटो बनाउँदैछौँ भन्नुभयो । उहाँले टुक्रे योजनालाई भन्दा ठूला योजनालाई प्राथमिकता दिएर काम अघि बढाउँने तर्फ जोड दिनुभयो ।

सोही अवसरमा बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बागमती प्रदेशमा विगतका कमी कमजोरीलाई सुधार गर्दै नमूना प्रदेशका रुपमा विकास गर्न सबैको सहयोगको अपेक्षा गरेको छु भन्नुभयो । बागमती प्रदेशमा अझै केही विदेकहरु पारित गर्न बाँकी छ । त्यसका लागि सरकारको सहयोगको खाँचो छ । सबैको निगरानी र मार्गनिर्देशले समग्र प्रदेशको विकासको लागि मदत गर्नेछ ।

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले हिमाल, पहाड, तराई, विभिन्न जाति, वर्ग, धर्म संस्कृति सबैलाई समेटेको बागमती प्रदेश हो । विकास निर्माणको हिसाबले संरक्षण क्षेत्र, आरक्ष, राष्ट्रीय निकुन्जहरु यही क्षेत्रमा परेका छन, पर्यापयटनको सम्भावना प्रचुर छ, औध्योगिक क्षेत्र विस्तारको सम्भावना लगायत विकास निर्माणको थप सम्भावना प्रचुर देखिन्छ ।

दुईवटा छिमेकी राष्ट्र भारत र चीनसँग सिमाना जोडिएको यो विशेष प्रदेश सभाको पाँचौ वार्षिक सभा मनाउँदैछौँ । यो प्रदेशलाई देशकै नमूना प्रदेश बनाउनका लागि संधिानत जुन भूमिका हामिले हालसम्म निर्वाह गर्यौँ, यो आफैमा महत्वपूर्ण छ । भोलिका दिनमा थप मजबुद बनाउँन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, भन्नुभयो ।

पाँचौ बार्षिकोत्सव कार्यक्रममा पाँचबर्षे यात्रा पूरा गरि पहिलो कार्यकालको १० वटा अघिवेशनमा २ सय ७२ वटा बैठक बसेको थियो भने दोस्रो कार्यकालको पहिलो अधिवेशन हाल चलिरहेको जानकारी गराईयो । बागमती प्रदेश सभाको बैठकमा २०७५ जेठ २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो ।

बागमती प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको स्थायी राजधानी हेटौडा र प्रदेशको नाम बागमती राख्ने ऐतिहासिक कार्य सम्पन्न भएको बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी गराउँनुभयो ।

पाँच वर्षको अवधिमा ७० वटा कानून पारित भयो भने ५ वटा अध्यादेश स्वीकृत गरेको थियो । त्यसैगरी पाँचवटा विषयगत समितिहरु पनि बन्यो । पहिलो गणपुरक प्रतिनिधि सभाको इतिहासलाई समेटेर तयार पारिएको भिडियो समेत देखाईएको थियो ।

कार्यक्रममा बागमती प्रदेशको विकासका लागि आआफ्नो क्षेत्रबाट विशेष योगदान पुर्याउँने व्यक्तित्वहरुलाई पाँचौ वार्षिकोत्सवको अवसरमा प्रदेश सभा सेवा पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

नेपालको संविधानको धारा १७६ अनुसार प्रदेश नं. तीनको प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभामा सम्वन्धित प्रदेशवाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ६६ जना र सो ६६ जनालाई ६० प्रतिशत मानी वाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने ४४ जना गरी कूल ११० जना सदस्यहरु हुने व्यवस्था रहेको सचिव खड्काले बताउँनुभयो ।

कार्यक्रममा पूर्व मूख्य मन्त्री डोरमनी पौडेल, नेपाली कांग्रेसका नेता बहादुर सिंह तामाङ, पूर्व सभामुख सानुकुमार श्रेष्ठ लगायतका वक्तहरुले ७० वटा कानून बन्यो ३३ वटा पाईप लाईनमा छ । यो कार्य पूरा गनै सबैको एकता हुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्