सडकमा नाचेका एक जोडीलाई १० वर्षको जेल सजाय



काठमाडौं ।

तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेका एक जाेडीलाई  १० वर्ष जेल सजाए सुनाइएकाे छ  । उमेरले २० वर्षमाथिका एक इरानी जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण १० वर्षको जेल सजाय सुनाइएको हाे  ।

उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो र हाल दोषी ठहर भएको बताइएको छ। सार्वजनिक भिडिओमा उनीहरू तेहरानस्थित आजादी (फ्रीडम) टावर अगाडि नाचिरहेको देखिन्छन्।

आचार व्यवहार निगरानी गर्ने विशेष प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । उनीहरुले आ-आफ्नाे इन्स्टाग्राममा राखेकाे भिडियाे झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत भिडिओ साझा गरेपछि उनीहरू पक्राउ परेका थिए ।बीबीसी

प्रतिक्रिया दिनुहोस्