जिनत अमन सफल करियर। असफल जीवन



जिनत अमन बलिउड फिल्म जगतमा दुई दशकभन्दा बढी राज गर्ने अभिनेत्री हुन् । आफ्नो जमानाको सबैभन्दा बोल्ड अभिनेत्रीको रूपमा चिनिने उनी आफ्नो उत्कृष्ट अभिनय तथा मादकरूपमा कारण धेरैको मन जिल्ल सफल थिइन्। ७ को दशककी यौ अभिनेत्रीको व्यक्तिगत जीवन भने खासै सुखद रहेन । तीन विवाह गरेकी उनी व्यक्तिगत जीवनका कारण सधै चर्चा र विवादले घेरिई रहिन् । उनले पहिलो विवाह अभिनेता सञ्जय खानका साथ गरेकी थिइन् । तर त्यस विवाहपछि उनले आफ्नो रूप तथा करिअर नै गुमाउनुपर्ने अवस्था आयो पहिल्यै नै विवाहित एवम तीन बच्चाका पिता रहेका सञ्जयका साथ सन् १९७८ मा विवाह गरेकी उनी उक्त समय करिअरको सफलताको विन्दुमा थिइन् सञ्जयका साथ गुपचुप विवाह गरेकी उनी सञ्जयको मायामा पागल भएकी थिइन् । तर, सज्जय बेला बेलामा उनीमाथि हातपात गर्ने गर्थे । उनीहरूको सम्बन्धमा वरार त्यति बेला आयो जब सजवले जितन एक निर्देशकसँग सम्बन्धमा रहेको आरोप लगाए ।

यो खबर सुनेर लोनावलामा सुटिङ गरिरहेकी जिन तुरुन्तै मुम्बई फर्किएकी थिइन् । आफूमाथि झुटो आरोप लगाएका सञ्जय आफ्नो पहिलो पत्नी एवम साथीहरूका साथ ताज होटलमा पार्टी गरिरहेका छन् भन्ने थाहा पाएपछि उनी सोही स्थानमा पुग्दा त्यहाँका सम्पूर्ण मानिस छक्क परेका थिए। त्यस बेला सजवले जितनलाई होटलको एक कोठामा बोलाएका थिए जहाँ उनकी पहिलो पत्नीसमेत थिइन् । केही समयको बहसपछि रिसाएका सञ्जयले जितनमाथि कुटपिट गरेका थिए ।

कुटपिटका कारण उनी कराएको आवाज बाहिरसम्म आए पनि कोही उनको मद्दतका लागि गएनन् । पछि होटलका कर्मचारीले रगतमा लतपतिएकी उनलाई अस्पताल पुर्याएका थिए ।

उपचारको क्रममा उनको आँखामा गहिरो चोट लागेको थियो भने बंगारा पनि टुटेको थियो । केही समयको उपचारपछि सञ्जयका साथ छुट्टिएकी उनको दोस्रो विवाह निर्माता मजहर खानका साथ भयो । जसका साथ दुई छोरा भए । मजहरको निधनपछि उनले सन् २०१२ मा अमन खान उर्फ सरफराज जफर अहसनको साथ गरिन् । पेशाले रियल स्टेट कारोबारी रहेका सरफराज र उनको विवाहले निकै चर्चा पायो । किनभने त्यतिबेला जितन ५९ वर्ष र सरफराज २३ वर्षका थिए । तर, त्यो विवाह पनि लामो समय टिक्न सकेन । जितनले सरफराजलाई बलात्कारको आरोप लगाउँदै मुम्बई प्रहरीमा एफआईआर दर्ता गरिन् । प्रहरीले शरफराजलाई पक्रेर केही समय जेल राख्यो करिअरको चरम सफलतामा रहेका बेला जीतनको नाम अभिनेता देव आनन्दको साथ पनि जोडिएको थियो । तर उनी पहिले नै विवाहित र दुई सन्तानको पिता भएकाले यो सम्बन्धबारे दुवैले कुनै खुलासा गरेका थिएनन् । यसपछि उनको नाम पाकिस्तानी क्रिकेटर इमरान खानका साथ पनि जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्