प्रधान सेनापति र यूएईका राजदूतबीच भेटघाट



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति र नेपालका लागि यूएईका राजदूतबीच भेटघाट भएको छ । आज (मंगलबार) सेनापति महारथी प्रभुराम शर्मा र राजदूत अब्दुल्ला बिन जारवान अल सम्शीबीच जङ्गी अड्डामा भेटघाट भएको हो ।

शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्