अमेरिकामा कोरोनाका कारण लगाएको संकटकाल घोषणा हट्याे



काठमाडौं । 

 विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले आर्थिक रुपमा थिलथिलो हुँदा राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति जो वाईडेनले सोमबार कंग्रेसलाई जानकारी गराउँदै अमेरिकाले कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशमा लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने निर्णय गरेकोछ ।

आगामी मे ११ बाट तीन वर्षदेखि देशमा जारी कोभिड–१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेको जनाएकोछ । पछिल्लो समय विश्वका अधिकांश मानिसहरू सामान्य अवस्थामा फर्किएको भन्दै ह्वाइटहाउसले राष्ट्रिय आपतकाल र सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा अन्त्य गर्न लागेको हो ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले ३१ जनवरी २०२० मा पहिलो पटक सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । मार्चमा ट्रम्पले कोभिड-१९ महामारीलाई राष्ट्रिय आपतकाल घोषणा गरेको न्यूज एजेन्सीले जनाएको छ ।

सन् २०२१ को जनवरीबाट पदभार ग्रहण गरेका बाइडेनले आपतकालिन अवस्थाहरू बारम्बार बिस्तार गर्दै गएको र हाल अन्त्य गर्ने घोषणा गरेको न्यूज एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्