सर्वोच्चको पूर्णपाठ नआउन्जेल गृहमन्त्रालय आफैंसँग राख्ने माओवादीको निर्णय



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने निर्णय गरेको छ ।

माओवादी पदाधिकारीको मंगलबार बसेको बैठकले गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै राख्ने निर्णय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृह मन्त्रालय पुनस् पाउनुपर्ने माग गरिरहेका बेला माओवादीले उनलाई तत्काल गृह नदिने भएको हो ।

माओवादी अध्यक्षसमेत रहेका दाहालले सर्वोच्चको पूर्णपाठ नआउन्जेल गृहमन्त्रालय आफैँले राख्न सुझाव आएको सञ्चार माध्यमलाई जानकारी दिए । यसैगरी सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार तय गरिनुपर्ने पुरानो अडानलाई माओवादी बैठकले कायमै राख्‍ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्