स्रोत नखुलेको नगदसहित एक जना पक्राउ



महोत्तरी । मनराशिस्वा नगरपालिका–२ कट्टिगाउँबाट स्रोत नखुलेको चार लाख ५० हजार नगदसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो (सोमबार) दिउँसो सोही पालिकाको सोही गाउँस्थित सडकबाट स्रोत नखुलेको उत्तर नेपाली रकमसहित भारत सितामढी बेलाथाना, सिरसिया गाउँ बस्ने ३० वर्षीय अनिकेत साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० भि १७३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्