हसिलो मुद्रामा प्रधानमन्त्रीलाई भेट्न पुगेका रवि निराश हुँदै फर्किए किन ?



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रवि लामिछाने फर्किएका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रविले भेटेर फर्किएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीलाई भेटेर रवि भर्खरै फर्किएका छन् । भेटका क्रममा सभापति रविले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ ।

तर, प्रधानमन्त्री प्रचण्ड भने रविलाई गृह मन्त्रालयमा फर्काउन सकारात्मक नदिएको बताइएको छ । प्रधानमन्त्रीले रविको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग पनि परामर्श गरिसकेका छन् ।

नागरिकताको केश सुल्झिए पनि पासपोर्टको मुद्दाले थप बाधा पुर्याउने भन्दै अहिले तत्काल रविलाई गृहमा फर्काउन प्रधानमन्त्री सकारात्मक नदेखिएको स्रोतले बतायो ।

तर, रविको राहदानी केश फाइनल भएमा गृहमा फर्काउन सकिने प्रचण्डलाई उद्धृत गर्दै स्रोतले बतायो । प्रधानमन्त्रीको प्रतिक्रियापछि रवि निराश मुद्रामा बालुवाटारबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्