लुम्बिनीमा राष्टियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक



बुटबल । आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुँदैछ ।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिए ।

उनका अनुसार एमालेवाट कुमार दसौती, नेपाली कांगेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिवाट राजेन्द्रवीर राय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्