चाहतलाई सुकेशबाट पहिले बिहे प्रस्ताव पछि ब्ल्याकमेलिङ



बलिउड अभिनेत्री चाहत खन्नाले आफूलाई भारतीय मुद्रा अपचलन आरोपी सुकेश चन्द्रसेखरले भारतको तिहाड़ जेलमा विवाहको प्रस्ताव राखेको बताएकी छन् ।

टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले आफूलाई दिल्लीको एक विद्यालयको उदघाटनमा लाने भनेर झुक्याएर तिहाड़ जेलमा लगेको र महँगा घडी क्यामेरा तथा अन्य सामानले भरिएको एक कोठामा पुर्याएर विवाहको प्रस्ताव राखेको बताएकी छन् । आफू विवाहित भएको र आफ्ना दुई सन्तान रहेको बताए पनि सुकेशले ती सन्तान अपनाउने भन्दै विवाहको लागि जिद्दी गरेको चाहतले बताएकी छन् ।

निकै कोशिस गरेर त्यस स्थानबाट बाहिरन सफल भए पनि त्यसको केही समयपछि सुकेशले आफ्नो भिडियो बनाएको थाहा पाएको र उक्त भिडियो लिक गरिदिने भन्दै दश लाख भारतीय रूपिया मागेको उनले बताएकी छन् ।

उक्त समय आफूलाई त्यस घटनाले निकै डर लागेका कारण निकै मुस्किलले तीन लाख रुपियाँ सुकेशलाई बुझाएको उनले बताएकी छन् । सुकेश पक्राउ परेपछि उनको बारेमा नयाँ नयाँ खुलासा हुँदै आइरहेको छ । यस भन्दाअघि ज्याकलिन फर्नाडिज, नोरा फतेहीजस्ता अभिनेत्रीको नाम यो मामलामा जोडिएर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्