पशुपतिप्रसादबाट भष्मे डन



सामाजिक कथाको सफल फिल्म पशुपतिप्रसाद रिलिजको सात वर्ष पुगेको अवसरमा यसको निर्माण कम्पनि टुकी आटर््स प्रालिले आइतबार राजधानीमा केक काटेर खुसियाली मनाएको छ ।

सोही अवसरमा यसको निर्माण पक्षले यसको सिक्वेलस्वरूप बन्ने पशुपति प्रसाद २ ः भष्मे डनको कास्ट एन्ड त्र्mयु र रिलिज डेट घोषणा गरेको छ । सात वर्षअघि रिलिज भएको पशुपतिप्रसाद व्यावसायिक र समीक्षात्मक रूपमा सफल सावित भएको थियो ।

पशुपतिप्रसादका निर्देशक दीपेन्द्र के खनालकै निर्देशन रहने फिल्म सो फिल्मको हिट क्यारेक्टर भष्मे डनबाट नामाकरण गरिएको हो । अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने फिल्मको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन् ।

उनी पशुपतिप्रसादको लोकप्रिय पात्र भष्मे डनबाट हिट भएका थिए । भष्मे डनमा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारले अभिनय गनर्छे निर्माण पक्षले यो सिक्वले तकर्स गं त र अथर्पपूर्ण बनाउन निकै मेहनत गर्ने जनाएको छ । आगामी फागुन मध्यदेखि छायांकनमा जाने फिल्म २०८० सालको दशकौँ अवसर पाररे फलू पातीमा रिलिज हुनेछ ।

फिल्ममा कृष्ण भारद्वाज र सुवास भुसालको संगीत, निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दीर्घ खड्काको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्