प्रमोद खरेलको गायन प्रस्तुतीमा अत्याधिक भीड, च्यापिएर ३० घाइते (नामावलीसहित)



धनकुटा । धनकुटा रात्रीमहोत्सवमा लोकप्रिय गायक प्रमोद खरेलले गायन प्रस्तुत गर्दैगर्दा मानिसहरूको भीडमा च्यापिएर ३० जना घाइते भएका छन् । खरेलको प्रस्तुति हेर्न पुगेका उनीहरूको च्यापिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको छ ।

घाइतेमध्ये १६ जनाको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत छन् । २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जनाको धनकुटा अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

हिजो (शनिबार) राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो । माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलले प्रस्तुति दिनेक्रममा मानिसहरूको अत्याधिक भीडमा च्यापिएर ३० जना घाइते भएका छन् ।

घाइतेहरूको उपचारको जिम्मा हालसम्म कसले लिने भन्ने निर्णय नभएको आयोजकले बताएको छ । उपररत धाइतेले भने आफ्नै पैसाबाट उपचार गराइरहेको अस्पताल स्रोतले बताएको छ ।

घाइतेहरूको विवरण :

घाइतेहरूको विवरण: 

घोपा धरानमा उपचार भई रहेको घाइतेहरू

१, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३१ की विष्णु राई अवस्था मध्यम ।

२, ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू अवस्था गम्भीर २३ः०० बजे गोल्डेन अस्पताल विराटनगर रेफर ।

३, वर्ष अ. ४५–५० की गोमा कार्की अवस्था मध्यम ।

४, वर्ष अ. २२-२३ की अनिषा राई अवस्था मध्यम ।

५, वर्ष अ. ४०-४२ को नारायण राई अवस्था मध्यम ।

६, वर्ष अ. ३-४ को नाम नखुलेको बच्चा अवस्था मध्यम गोल्डेन अस्पताल विराटनगर रेफर ।

७, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ अवस्था मध्यम ।

८, वर्ष अ. ३३–३४ की बुद्धिमाया लिम्बू अवस्था मध्यम ।

९, वर्ष अ. १७-१८ को सबिन पौडेल अवस्था मध्यम ।

१०, वर्ष ४०–४२ को सन्दीप साह अवस्था मध्यम ।

११, जिल्ला धनकुटा धनकुटा नपा ४ बस्ने वर्ष १२ को प्रवेश राई, अवस्था मध्यम ।

१२, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल, अवस्था मध्यम  ।

१३,  जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।

१४, जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई, अवस्था मध्यम ।

१५. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३० की विनीता लिम्बू, अवस्था मध्यम ।

१६, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू, अवस्था सामान्य ।

१७, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू अवस्था सामान्य ।

१८, जिल्ला धनकुटा धनकुटा नपा ७ अ. वर्ष ५० को प्रकाश प्रधानलाई ११ बजे राती घोपा धरान पठाएको खुट्टामा चोट, बोल्न सक्ने ।

 

जिल्ला अस्पताल धनकुटामा १२ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएको

१, धनकुटा नपा ७ बस्ने वर्ष १४ को अंशु सुबेदी अवस्था सामान्य ।

२, धनकुटा नपा १ बस्ने वर्ष ४६ को बिसन तामाङ अवस्था सामान्य ।

३, धनकुटा नपा १ बस्ने वर्ष ४१ को उदित राई अवस्था सामान्य ।

४, धनकुटा नपा १ बस्ने वर्ष ८ को आर्यन राई अवस्था सामान्य ।

५, धनकुटा नपा १ बस्ने वर्ष ४८ को नन्द कुमार तामाङ अवस्था सामान्य ।

६, धनकुटा ५ बस्ने वर्ष ४१ की शान्ता योगी अवस्था सामान्य ।

७, धनकुटा ३ वर्ष ४० कि रेनुका गुरागाई अवस्था सामान्य ।

८, पख्रिबास १ बस्ने वर्ष २३ की रिना पाण्डे अवस्था सामान्य ।

९, धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना अवस्था सामान्य ।

१०। धनकुटा ६ बस्ने वर्ष ४० को प्रेम दाहाल अवस्था सामान्य ।

११, धनकुटा ५ बस्ने वर्ष ३० कि विनीता सुब्बा अवस्था सामान्य ।

१२, पख्रिबास ६ बस्ने वर्ष १७ को अनिश कार्की अवस्था सामान्य ।

प्रतिक्रिया दिनुहोस्