अमेरिकी उपमन्त्री आज नेपाल आउँदै



काठमाडाैं ।

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउने भएकी छन्।  भ्रमणका क्रममा उनी दुई दिन काठमाडौंमा रहने छिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता कार्यतालिका रहेको छ।

नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्