धुलिखेल अस्पतालमा पिसाब चुहिने समस्याको काँडा झिके जस्तै उपचार हुँदो रहेछ : भण्डारी



काभ्रे । मानिसमा पर्ने विविध खालका समस्या सुन्दै निकै पिडादायी हुन्छन् भने भोग्नेलाई कति पिडा होला ? सिन्धुपाल्चोक एक्ले धुस्कुनकी ७५ बर्षीय विष्णुकुमारी भण्डारीको यस्तै पिडामा पिल्सिएको एक महिला हुनुहुन्छ । उहाँ २१ बर्षको जवानी हुँदा उहाँको श्रीमान्को मृत्युभयो । त्यतिबेला उहाँको काखमा डेढबर्षको छोरो थियो । उहाँको आशा र भरोसाको केन्द्र भनेकै त्यहि छोरो थियो । २३ बर्षको जवान भएपछि उस्को पनि मृत्यु भयो । श्रीमान् वितेपछि छोरालाई लालनपालन गरेर हुर्काएर बसेकी भण्डारीलाई छोराले पनि सदाका लागि छोडेर गयो । अहिले उहाँलाई माईलो देवर देउरानीले सहयोग गर्नुहुन्छ ।

भण्डारी भन्नुहुन्छ : यतिका पिडा भोगिसकेको थिए फेरि बुढेसकालमा आएर यूरो गाईनोकोलोजी (पिसाप चुहिने) समस्याका कारण अरु मानिसको छेउमा पर्न समेत नसकी घरमै बस्न बाध्य भएकी थिए । अहिले मेरो सफल उपचार पछि खुशीको सिमा छैन भन्दै निकै उज्यालो अनुहार पार्दै मुक्तकण्ठ हास्नुभयो ।

काठमाडौ विश्व विद्यालय धुलिखेल अस्पतालका गाईनोकोलोजी विभागका स्त्रीरोग विशेषज्ञ प्रा.डा. आभा श्रेष्ठलाई देखाउँदै भण्डारी भन्नुहुन्छ ‘उहाँ डाक्टरले मेरो पिसाप चुहीने समस्या निको पार्नुभयो उहाँ त मेरो लागि भगवान नै हो । कुनै दुखाई पनि भएन र यति ठूलो समस्याको समाधान पनि गरिदिनुभयो ।’ म पिसाब चुहिने समस्याका कारण निकै पिडामा थिए छिमेकीहरु र मेरो आफ्नै देउरानीहरुले धुलिखेल अस्पतालमा जानुपर्छ पिसाब चुहिने समस्याको उपचार हुन्छ भने त्यहि सुनेर सिधै यहाँ आए । मेरो माईली देउरानी इन्द्र कुमारी भण्डारीले अन्त होईन डाक्टरकैमा जानुपर्छ भनिन् । वास्तवमै धुलिखेल अस्पतालमा पिसाब चुहिने समस्याको काँडा झिके जस्तै निको हुने गरि उपचार हुँदो रहेछ ।

भण्डारी भन्नुहुन्छ—मेरो सानो अप्रेशन गर्नुभयो पिसाब चुहिने समस्या ठीक भैगो । म त एकदमै खुशी भएर घर जाँदैछु । मलाई जस्तो समस्या भएका बिरामीलाई धुलिखेल अस्पताल आउँन सल्लाह दिन्छु । मलाई जस्तै समस्या भएकी मेरी अर्की साथी छन् उनलाई पनि म घर जानेवितिकै यहि पठाउँछु ।

भण्डारीले डा.आभाको ओपिडी कक्षमा फलोअप गरि डिस्चार्ज भएर घर फर्कदै गर्दा मुक्तकण्ठ हासेर धुलिखेल अस्पताल, डा.आभा र उपचारमा संलग्न सम्पूर्णलाई भगवानको सज्ञा दिँदै एकमुष्ट धन्यवाद ज्ञापन गर्नुभयो ।

डा.श्रेष्ठ भन्नुहुन्छ : यूरोलोजिकल गाईनोकोलोजी सम्बन्धी समस्या नेपालको मात्र नभै विश्वकै समस्या हो । यस्तो समस्या बढ्दो अवस्थामा रहेकै कारण धुलिखेल अस्पतालमा ३ महिना अघि महत्वका साथ दोस्रो युरोगाईनोकोलोजी सम्मेलन बृहतर रुपमा सम्पन्न गरियो । सम्मेलनले विशेष केन्द्रीकृत गरेको भनेकै महिलाको पिसाप चुहिने समस्या, पाठेघर (प्रोल्याप्स) तल झर्ने, पाठेघर खस्ने समस्या, पिसाबको थैली आफ्नो ठाउँ भन्दा तल झर्ने समस्या, ठूलो आन्द्रा (रेक्टासिल) तल झर्ने समस्यालाई सम्बोधन गर्न यी बिषयलाई मध्येनजर राखी अन्तर्राष्ट्रिय गाईनोकोलोजी सम्मेलनको आयोजना गरिएको थियो । पहिलो सम्मेलन पनि धुलिखेल अस्पतालमा नै गरिएको थियो ।

धुलिखेल अस्पतालमा सम्मेलन गर्नुको प्रमुख कारण जानकार चिकित्सकले मात्र जानेर हुन्न अन्य चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारणले पनि जान्नुपर्छ भन्ने मूल उदेश्य थियो । यसको महत्व र आवश्यकता गाईनोकोलोजि बिषय सम्बन्धी अध्ययन गरेका चिकित्सकहरुले मात्र सिकेर, जानेर हुँदैन भन्नेमा केन्द्रित थियो । गाईनोकोलोजिष्टहरुले जे कुरा सिकेका छौ अरु डाक्टरहरुलाई पनि यो बिषयमा सिकाउँनुपर्छ । विशेष गरि यूरो गाईनोकोलोजी समस्याका बिषयमा चिकित्सक स्वास्थ्यकर्मी र बिरामीलाई समेत शिक्षा दिनुपर्छ भन्ने उदेश्यले गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्