प्रदीप कामिनोमा



लोकप्रिय अभिनेता प्रदीप खड्काले नयाँ फिल्म कामिनोमा काम गर्ने भएका छन् । खड्काले प्रेम गीत ३ पछि यो फिल्ममा काम गर्न लागेका हुन् ।

प्रदीपले स्क्रिप्ट टिम र क्यानभास मन परेकाले कामिनोमा काम गर्न लागेको बताएका छन् । प्रदीप र कामनो निर्माण पक्षबीच गत साता औपचारिक सम्झौता भएको थियो ।

दीपक ओलीको निर्देशनमा निर्माण हुने कामिनोको बुधबार सामाजिक सञ्जालमार्फत थीम पोस्टरसमेत सार्वजनिक गरिएको छ । एक्सेस नेपाल फिल्म्स्को निर्माण, पूर्ण लामा क्रियटिभ डिरेक्टर र सुनील विष्ट कार्यकारी निर्माता रहने फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका छन् । स्क्रिप्ट लेखनमा दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।

नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताए । आगामी चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्ममा एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र सौरभ लामाको छायांकन रहनेछ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य छिट्टै समापन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्