पाल्पाको हल पुनः सञ्चालनमा



पाल्पा । कोरोना महामारीसँगै ०७६ सालको चैतदेखि बन्द पाल्पाको एकमात्र हल पुनः सञ्चालनमा आएको छ ।

तानसेनमा रहेको सन्तोष चलचित्र मन्दिर तीन वर्षपछि नयाँ साजसज्जा र व्यवस्थापनका साथ गत बुधबारबाट पुनः सञ्चालनमा आएको हो । यस सिनेमा हलमा एक दशक अघिसम्म निकै भिडभाड हुने गर्दथ्यो । तर, २०७२ सालतिरबाट भने दर्शक क्रमशः घट्दै गएका थिए ।

तीन वर्ष पूर्ण रूपमै बन्द रहेको हल बुधबारदेखि पुनः सञ्चालनमा आएको सञ्चालक सर्जुमान लिगलले बताए । हल पहिलेकै अवस्थामा चल्ने देखिएन । त्यसैले केही लगानी गरेर स्तरोन्नति गरेका छौं, हलका सिटहरू परिवर्तन, साउन्ड सिस्टम स्तरीय स्क्रिन परिवर्तन लगायतका काम गरिएको छ, उनले जानकारी गराए । दुई २ सय १० सिट क्षमता रहेको हल पुनः सञ्चालमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्