धीरजको फिल्म पनि वैशाखलाई



धीरज मगरद्वारा अभिनित फिल्म ज्याकीस् आई एम ट्वान्टी वनको औपचारिक घोषणा गरिएको छ ।

बिहीबार सरस्वती पूजाको अवसर पारेर फिल्म निर्माण कम्पनी आईकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल भिडियो सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

रेनशा राई राणाले निर्देशन गरेको सिनेमाको शीर्षक शुरुमा आईएम ट्वान्टी वा राखिएको थियो । लक्षित उमेर समूहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शीर्षकमा ज्याकी थपिएको निर्देशक राणाले जानकारी गराएकी छन् । भिडियोमा धीरज ज्याकीको भूमिकामा रहेको देखिएको छ । फिल्ममा उनीसँगै जसिता गुरुङ र अरुण क्षेत्री पनि मुख्य भूमिकामा छन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालीप्रसाद बास्कोटाको संगीत रहेको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्म आगामी वैशाख २१ मा रिलिज हुने सम्भावना भए पनि निर्माण पक्षले आधिकारिक मिति घोषणा गरिसकेको छैन ।

कोरोना महामारीको समयमा छायांकन गरिएको ज्याकीस् आइएम ट्वान्टी वन रेनेशाद्वारा निर्मित दोस्रो फिल्म हो । कोरियोग्राफीमा जमिसकेपछि इन्टु मिन्टु लन्डनमाबाट निर्देशनमा डेब्यु गरेकी रेनशा लगातार दोस्रो हिट दिने दाउमा छिन् ।

प्रतिक्रिया दिनुहोस्