शुक्रबार सुनकाे मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख छ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्