निजी शैक्षिक संस्था पोस्न उद्यत शिक्षा मन्त्री खनालको पुत्ला दहन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । निजी शैक्षिक संस्था पोस्न उद्यत रहेको भन्दै उसले मन्त्री खनालको पुत्ला दहन गरेको हो ।

काठमाडौं प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो । अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला दहन गरेको छ ।

मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीको ढाँड सेक्ने काम गरेको अनेरास्ववियूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्