माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, बैठकको एजेण्डा- वाम घटक दलसँग एकता



काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्ने भएको छ । आज (बिहीबार) बिहान २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा उक्त समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा पार्टी एकता, पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुनेछ । त्यस्तै नेपाल समाजवादी पार्र्टी (नेसपा) लगायत वाम घटक दलहरूसँग एकताको विषयमा पनि छलफल हुने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए ।

यसअघि माओवादी केन्द्रले नेसपा, नेकपा (एकीकृत समाजवादी) लगायतका वाम घटक दलहरूसँग एकताको पहल गर्न उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

बैठकमा सरकारको कामकारबाही, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायतका विषयमा पनि थप छलफल गरिने महराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्