शम्भुजित र दीपकलाई अमेरिकाको अवार्ड



भिसा नपाएका वा अन्य कारणले केहीअघि अमेरिकामा सम्पन्न पाँचौं एभरेस्ट ग्लोबल नेपाली (एटीए) फिल्म अवार्डमा सरिक हुन नपाएका फिल्मकर्मीलाई राजधानीमा आयोजित एक समारोहबीच अवार्ड वितरण गरिएको छ ।

उक्त अवार्ड समापन कार्यक्रममा ख्यातिप्राप्त संगीतकार शम्भुजित बास्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, हरिबहादुर थापालाई गेहेन्द्र धिमाल स्मृति अवार्ड र दीपकराज गिरीलाई बेस्ट एक्टर अफ द इयर प्रदान गरिएको थियो । सो अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजनामा सम्पन्न भएको थियो ।

उक्त अवार्ड कोलोराडो राज्यको डेनभर शहरमा भएको थियो । प्राविधिक कारणले अवार्ड कार्यक्रममा राष्ट्रिय आयनिक व्यापार नहार तप २ हेटौडा डान्सिङ स्टार प्रतियोगित अडिशन भाग लिन अमेरिका जान नपाएका तर अवार्ड विजेता फिल्मकर्मी सञ्चारकर्मी तथा प्रायोजकलाई अवार्ड, सम्मान तथा मायाको चिनो प्रदान गरिएको आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए । अब अवार्डको छैटौं संस्करण अमेरिकाको न्यूयोर्क शहरमा आगामी २०२३ अगस्ट १२ तारिखमा आयोजना गरिने मल्लले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्