डान्सिङ स्टारका लागि छानिए ३० प्रतियोगी



हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अन्र्तगतको हेटौंडा डान्सिङ स्टारका लागि ३० जना छनोट गरिएको छ ।

आइतबार र सोमबार भएको अडिसनबाट ३० जना छनोट गरिएको हो । डान्सिङ स्टार संयोजक निलम पाण्डेका अनुसार पहिलो अडिसनमा ९१ जनाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । तीमध्ये ३० जनालाई छनोट गरिएको हो ।

प्रतियोगिताको निर्णायकमा छमछमीको चौथो सिजनकी विजेता सन्ध्या आचार्य र नृत्य निर्देशक सुजन श्रेष्ठ थिए । महोत्सव हेटौंडास्थित टीसीएन चौरमा २३ गतेसम्म सञ्चालन हुनेछ ।

डान्सिङ स्टार माघ १२ गतेदेखि महोत्सव स्थलमा शुरू हुनेछ । प्रतियोगितामा उत्कृष्ट पाँच जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको डान्सिङ स्टार कार्यक्रम सदस्य भृगु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्