१३ सवारी चालक कारबाहीमा



काठमाडौं । यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन चलाउने १३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (बुधबार) जिल्लाको महाराजगञ्जमा गरिएको विशेष चेक जाँचको क्रममा उनीहरूलाई प्रहरीले कारबाही गरेको हो ।

दक्ष तालिम प्राप्त प्राविधिकसहितको टोलिद्धारा ७५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईट दुरुस्त नभएका, टायर धेरै घिस्रिएका १३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

मर्मत पश्चात् तोकिएको जरिवाना असुली गरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने भएकोले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधनमात्र चलाउन सम्पुर्ण चालकलाई काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।

उक्त सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्