नेपाल स्वास्थ्यकर्मी युनियनको महाधिवेशन आगामी बैशाखमा



काठमाडौं । नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रीय कार्यसमिति बैठकले २०८० बैशाख २२ र २३ गते काठमाडौमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । चितवनको सौराहामा माघ ७ र ८ गते बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।

बैठकले स्वास्थ्य सेवालाई संघ अन्तरगत राखी सरुवा, बढुवा तथा वृद्धिविकासको कार्य संघबाटै गर्न माग गर्ने निर्णय गरेको छ । अलग्गै स्वास्थ्य सेवा ऐन ल्याउन पहल गर्ने र स्वास्थ्य सेवाका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था लागूगर्न पहल गर्ने बैठकले निर्णय गरेको छ ।

युनियनका अध्यक्ष अज्ज्वल कुमार शर्माको अध्यक्षतामा बसेको बैठकले स्तरवृद्धि पश्चात समायोजन ग्रेड काटीएको, निवृत्तिभरणमा समायोजन ग्रेड नजोडीएको लगायतका कुराहरु सुधार गर्न पहल गर्ने पनि निर्णय गरेको छ ।

बैठकको निर्णयहरु यसप्रकार रहेकाछन् :

—स्वास्थ्य सेवा जनतासंग प्रत्यक्ष सरोकार राख्ने अनि संबेदनशिल र विशिष्टीकृत सेवा भएकोले संघ अन्तर्गत राखी दरबन्दी पुनरसंरचना गर्ने र सरुवा, बढुवा तथा बृद्धिविकासको कार्य संघले नै गर्ने व्यवस्था मिलाउन राजनैतिक तथा प्रशासनिक लविङ् गर्ने ।

—स्वास्थ्य सेवा ऐन अलग्गै ल्याउन पहल गर्ने र स्वास्थ्य सेवाका कर्मचारीहरुलाई स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था लागू गर्न पहल गर्ने ।

—संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले श्रेणिगत प्रणालीमा रहेका कर्मचारीहरु समायोजन गर्न बनाएको सफ्ट वयरमा तहगत प्रणालीमा रहेका स्वास्थ्य सेवाका कर्मचारी– हरुलाई हाली भद्रगोल बनाएको हुँदा उक्त समायोजन नीति संगत नभएको हुँदा उक्त समायोजन बदर गरिनुपर्ने ।

—समायोजन गर्दा प्रशासन लगायत अन्य सेवाका कर्मचारीहरुलाई एक तह दिएको र स्वास्थ्य सेवालाई उक्त अवसरबाट बचित गरिएको हुँदा त्यसतर्फ सम्बन्धित निकायमा पहल गर्ने ।

— स्तरवृद्धिपश्चात समायोजन ग्रेड काटीएको, निवृत्तिभरणमा समायोजन ग्रेड नजोडीएको लगायतका कुराहरु सुधार गर्न पहल गर्नुका साथै २०५७ साल पश्चात नियुक्ति भई आउने सबै कर्मचारीलाई प्राविधिक ग्रेड खुवाउन सम्बन्धित निकायमा पहल गर्ने ।

—मूल समायोजन एवं समायोजन मिलान तथा कामकाजमा खटिएका कर्मचारीहरु फाजिलमा परेको साथै विभिन्न स्थानीय तहहरूले तलब भत्ता खुवाउन नसक्ने कारण जनाई उनीहरुलाई धमाधम फिर्ता पठाएको हुँदा उक्त कार्य तत्काल बन्दगरी दरबन्दी पुनसंरचना गरी दरबन्दी मिलान र तलब भत्ता तत्काल उपलब्ध गराउन यथासिघ्र पहल गर्ने ।

—स्थानीय तहले कर्मचारी समायोजन भई अन्यत्र जाने सहमति सहज अवस्थामा उपलब्ध गराउने र दरबन्दी विना नै समायोजन मिलान भई आउन पनि सक्ने सहमति दिने गरेकोले उपत्यका विभिन्न जिल्लाका सदरमुकामहरू तथा तराइका सबै जिल्लाहरूमा दरबन्दी भन्दा कर्मचार बढी हुने र हिमाली तथा पहाडी जिल्ला खाली हुने अवस्था आई प्रदेश लोकसेवाबाट आयोगबाट उक्त रिक्त दरबन्दी पूर्ती गर्ने गलत अभ्यास भएकोले हाल दरबन्दी भन्दा कर्मचारी बढी भएको हुँदा उक्त कार्य तत्काल बन्द गराई दरबन्दी पुनरसंरचना गरि फाजिल मिलाना पश्चात मात्र लोकसेवा खोला सम्बन्धीत निकायमा यथासिघ्र पहल गर्ने ।

—अलग अलग प्रावधान राखी विभिन्न प्रदेशहरुले स्थानीय तहको गठन् तथा व्यवस्थापन गर्न अध्यादेश जारी गरेको र उक्त अध्यादेश संघिय ऐनसंग बाझिएको हुँदा संघीय ऐनसँग नबाझिने र सातै प्रदेशमा समान सेवा सुविधा एवं समान वृद्धि विकासको अवसर हुनेगर अध्यादेश संसोधन गर्न सम्यायत निकायमा पहल गर्ने ।

—प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका स्वास्थ्यकर्मीलाई हालसम्म निजामती किताबखानाले दर्ता नगरेको र निजामती अस्पतालले सहुलियत कार्डसमेत नदिएको हुँदा तत्काल दर्ता र उपचार कार्डको व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।

—स्वास्थ्य सेवा विभागबाट भएको स्तरबृद्धिमा देखिएको विभेद र ढिलासुस्ती अन्त गरी समान अवसर तथा प्राकृतिक न्यायको सिद्धान्तको ग्यारेन्टीका लागि आवश्यक पहल गर्ने ।

—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हुँदै गरेका अध्ययन तथा असाधारण बिदा, राजिनामा, तलब
भत्ता उपदान, विशेष बढुवा, फैसला कार्यान्वयन, कामकाज, निवृत्तिभरण औषधि उपचार खर्च दीर्घरोगी तथा विपन्न नागरिकले पाउने सुविधा तथा अन्य प्रशासनिक ढिलासुस्ती अन्त गर्न यथासिघ्र पहल गर्ने ।

—स्थानीय सरकारबाट स्वास्थ्यकर्मीमाथि हुने सबैखाले बैचारिक र राजनैतिक विभेद अन्त गर्न पहल गर्ने ।

—स्थानीय सरकारले समयमै परिषद सम्पन्न नगरि श्रावणदेखि हालसम्म तलब भत्ता खान नपाएका स्वास्थ्यकर्मीलाई तत्काल तलव भत्ता खुवाउन पहल गर्ने। स्वास्थ्य सेवा संचालन तथा व्यवस्थापन कार्यमा हुँदै आएका प्रशासन तथा अन्य समूहको हस्तक्षेप अन्त्य गरी औषधि तथा उपकरण खरिद, मन्डारण एवं स्वास्थ्य सेवाको शाखा प्रमुखको हस्ताक्षरमा स्वास्थ्य सेवाको खाता संचालन गरि स्वास्थ्य सेवा सहज आपुर्ती गर्ने व्यवस्था मिलाउन आवस्यक पहल गर्ने ।

—२०६९ साल चैन मसान्तसम्म सातै प्रदेशको स्थानीय तह कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रदेश कार्यसमिति अधिवेशन सम्पन्न गरी २०८० साल बैशाख २२ र २३ गते काठमाडौमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने ।

—सुर्खेत दुर्घटनामा दिवंगत भएका चारजना स्वास्थ्यकर्मीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्ने साथै दिवंगत स्वास्थ्यकर्मीका परिवारले पाउने सुविधा उपलब्धताका लागि आवश्यक पहल गर्ने ।

प्रतिक्रिया दिनुहोस्