प्रेमप्रसादलाई न्याय माग्दै युवाहरुको प्रदर्शन



काठमाडौं ।

काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ। आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै माइतीघरमा  युवाहरुले दर्शन  गरेका हुन् ।

उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्।

आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्