
काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र भक्तपुरबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । हिजो (मंगलबार) साँझ यी दुई जिल्लाबाट पाँच लाख ५१ हजार आठ सय मूल्य बराबरको धनमाल चोरी भएको हो ।
काठमाडौंको टोखा धापासी श्रीटोल बस्ने ओखलढुंगाकी सरस्वती थापाको कोठाबाट ल्यापटप, सुनका विभिन्न गरगहना तथा नगदसहित करिब २ लाख ७७ हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।
त्यस्तै भक्तपुरको बालकोट नयाँ बस्तीबाट पनि लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ । हिजो राति त्यहाँबाट दुई लाख ७४ हजार आठ सय रुपियाँ बराबरको धनमाल चोरी भएको हो ।
बालकोट नयाँ बस्ती बस्ने ३६ वर्षीया पूजा शर्माको कोठाबाट सुनको गरगहना तथा नगदसहित करिब दुई लाख ७४ हजार आठ सय रुपियाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार अभियुक्तहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।