क्रोएसिया पठाउँछु भन्दै ८ लाख ठगी गरेकाे आराेपमा एक जना पक्राउ



काठमाडौं ।

क्रोएसिया पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौंस्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् ।

२९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जनाकारी दिए  ।

क्रोएसियामा प्रतिष्ठित फुड प्याकिङ कम्पनीमा जागिर मिलाइदिन्छु भनेर उनले विभिन्न व्यक्तिहरूबाट ८ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्