उर्फीलाई मुम्बईमा घर पाउनै समस्या



एजेन्सी  ।

आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेद अहिले नयाँ समस्यामा परेकी छन् । उनले आफ्नो ट्वीटर एकाउण्टमा समस्यालाई फ्यानमाझ सार्वजनिक गरेकी छन् । उनले मुम्बई आफ्ना लागि बस्नका लागि घर पाउन कसरी समस्या परिरहेको छ भन्ने कुरा उल्लेख गरेकी छन् ।

उर्फीका अनुसार केही घर मालिक उनको पहिरन सेन्सका कारण उनलाई घर भाडामा दिन मानिरहेका छैनन् । केही भने उनको विवादास्पद छविले घर दिन अस्वीकार गरिरहेका छन् ।

 ‘मुस्लिम घर मालिकहरु मेरो पहिरन शैलीका काaरण घर दिन मानेका छैनन् । त्यस्तै हिन्दु मालिकहरु मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन् । केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उनले ट्वीट गरेकी छन् ।

उर्फी प्रायः आफ्नो कपडाका कारण चर्चामा आइरहन्छिन् । अहिले बस्नका लागि घर खोजिरहेकी उर्फीलाई त्यही कपडा समस्या बनेको छ । त्यहीकारण उनलाई मुम्बईमा घर पाउन समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्