धादिङबाट लागूऔषधसहित २ जना पक्राउ



धादिङ ।

लागूऔषध व्युरो काठमाडौंले धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलोग्राम चरेशसहित २ जनालाई पक्राउ गरेकाे छ ।

गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरी ढुङगाबाट लागुऔषध चरेश ल्याउँदै गरेको सूचनाको आधारमा लागूऔषध ब्युरो कोटेश्वरबाटबाट खटिएको प्रहरी निरिक्षक जिवन निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३४ केजी ५ सय ग्राम लागुऔषध चरेशसहित धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचोक निवासी ३२ वर्षीय बिर बहादुर तामाङलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।

यसैगरी थाक्रे गाउँपालिकाको महादेबबेसीबाट ८ किलोग्राम ५ सय ग्राम चरेस सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खानिखोलाको प्रहरी टोलीले पालुङबाट माहादेवबेसीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहकबाट लागूऔषधसहित बस मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ कि ३५ लक्ष्मी पुरीलाई पक्राउ गरेको छ ।
उनीहरीलाई प्रतिबन्धित लागू औषध अन्तरगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्