मोडलिङ र फेसनमा अवार्ड रोशनीलाई नारी सम्मान



अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा हालै राजधानीमा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एन्ड फेसन अवार्ड–२०७९ सम्पन्न भएको छ ।

पूर्वप्रदेश मुख्यमन्त्री तथा नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनिङ सेन्टर, सौन्दर्य व्यवसाय फेसन मोडल र फेसन बुटिकलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।

सञ्चारकर्मी, कलाकार तथा निर्देशक सूर्य चन्दको संयोजनमा सम्पन्न कार्यक्रममा निर्मात्री तथा अभिनेत्री रोशनी केसी राष्ट्रिय नारी सम्मान, गीता अधिकारी कला पत्रकारिता सम्मान, बिना श्रेष्ठ सञ्चारकर्मी विशेष सम्मान, सविता पोखरेल कला पत्रकारिता सम्मान, कमला जोशी संचारकर्मी सम्मान, बता श्रेष्ठ भिडियो निर्देशन सम्मान, हरि कर्माचार्य राष्ट्रिय गायन सम्मान, सावित्रा चिलुवाल राष्ट्रिय गीतकार सम्मान र बद्री थापा फोटोग्राफी सम्मान तथा लक्ष्मी महत, रुस्का श्रेष्ठ वैद्य, शारदा थापा क्षेत्री, लक्ष्मी थापा, मैयाँ विश्वकर्मा, कुमारी सिग्देल लामिछाने, मीना कुमारी लामा, प्रतिभा शाही, उषा गुरुङ, निमा महर्जन, संगीता गुरुङ, ज्ञानु महर्जन, सुनीता केसी, सरिता ताम्राकार, पार्वती पौडेल, बुद्धिमाया धिमाल, सीता बस्नेत, सनम सुब्बा, विनिता सुवेदी र गीता भण्डारी सौन्दर्यविद् सम्मानबाट सम्मानित भएका छन् ।

अवार्डमा यशोदा केसी बेष्ट ब्युटिसियन ट्रेनर, प्रमी शाक्य बेस्ट मोटिभेसन ब्युटिसियन ट्रेनर, गीता भण्डारी बेष्ट ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, कामिनी शाह ब्युटिसियन अफ द इयर, शिल्पा महतो बेस्ट हेयर टेक्निसियन अफ द इयर, सन्ध्या बस्नेत ब्युटीसियन अफ द इयर, कोपिला ठकुरी बेस्ट मेक अप आर्टिस्ट, अनिता गुरुङ इन्टरनेसनल ब्युटिसियन अफ द इयर, दीपेन्द्र सोनाम र डा. आयुष्नोभा ढुंगाना बेस्ट फेसन मोडल महिला, रिना महर्जन सेलीब्रेटी मेकअप आर्टिस्ट, संगीता डंगोल पपुलर मेकअप आर्टिस्ट र कुशुम खड्का केसी बेस्ट हेयर ड्रेसरको अवार्ड विजेता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्