प्रसाद-२ को सुटिङमा ढलेकी सपनाको समयमा उपचार नपाउँदा चलेनन् हातखुट्टा

पोखरामा ठीक नभए काठमाडौं ल्याउँछौँ : निर्माण समूह



पोखरा कास्कीको माछापुच्छ«े गाउँपालिकामा करिब ३१ दिन लगाएर छायांकन गरिएको फिल्म प्रसाद–२ सुटिध्रका दौरान ढलेकी एक कोरस डान्सरलाई समयमा उपचार नगरेको विवादमा तानिएको छ ।

फिल्म निर्माण टिममाथि कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप छ । फिल्मको गीत छायांकन गर्ने क्रममा उनी ढलेपछि फिल्म निर्माण टोलीले सामान्य भनेर समयमा उपचार नहुँदा उनको एक हात र एक खुट्टा चल्न छाडेको छ ।

फिल्मको एक गीतको छायांकनका लागि पोखराबाट बोलाइएका नौजना कोरस डान्सरमध्येकी सपना महर्जन छायांकनका क्रममा बेहोस भएर ढले पनि फिल्मको निर्माण टिमले कुनै वास्ता नगरेको आरोप मोडल तथा समाजसेवी गिभिना मगरले लगाएकी छन् ।

सामाजिक अभियन्ता मगरले सपनाको समयमा उपचार नहुँदा हात खुट्टा नचलेको बताइन् । अस्पतालमा भेट्न पुगेकी सपनाले सामाजिक सञ्जाल टिकटकमा भनेकी छन् । सपना बहिनीलाई अहिले गण्डकी हस्पिटलमा (गण्डकी मेडिकल कलेज) राखिएको छ । प्रसाद–२ फिल्ममको डाइरेक्टर, प्रड्युसर जो पनि हुनुहुन्छ । उहाँहरुले एक मानवतामा हुनुपर्ने सहयोगी भावना राखेर हस्पिटल पुर्याउनुपर्ने ठाउँमा कुनै पनि वास्ता गर्नुभएन, उनको भनाइ छ । नानु (सपना)लाई समयमै अस्पताल नल्याईदा आज एउटा हात र एउटा खुट्टा नचल्ने अवस्थामा पुगेकी छन् । उहाँमा थोरै भए पनि सपनाप्रति माया पलाएन, यसमा म निकै चिन्तित छु ।

सपनाकी साथी एलिसा तामाङले आफूहरुले महर्जनलाई उपचारका लागि पोखरा ल्याएको बताएकी छन् । उनले सुटिङको दौरान आफूहरुलाई समयमा खाना नदिएको समेत सुनाइन् । त्यो दिनमा हामीलाई समयमा खाना थिएन । हामीले भोक लाग्यो भन्दा पनि हामीलाई बिहानको खाजापछि सीधै तीन बजे चिया बिस्कुट दिएको थियो, उनले भनिन्, हामी त्यो दिन कति नाच्योँ साढे सात बजेदेखि नाचेर बिहानको खाना पनि बेलुका ५ बजे मात्रै खाएका थियौँ, खाना खाँदा त ६ नै बजेको थियो । कोरस डान्सर भनेर यतिसम्म भयो कि, आराम पनि पाएनौँ । एलिसाका अनुसार त्यो दिन सपनाले एक्कासि वान्ता गर्न थालेकी थिइन् । चिसोका कारण होला भनेर तेल तताएर पैतला मालिस गराइए पनि केही सुधार नभएपछि उनलाई घर लगेर छाडिएको थियो । घरमा जाँदा उल्टै हामीलाई खानामा केही मिसाएको दोष लगाइयो, उनले सुनाइन्, खासमा सपनाको खानपिनमा पहिलेदेखि नै समस्या भएकाले स्वास्थ्य अवस्था जटिल बनेको रहेछ । जुन कुरा मेडिकल रिपोर्टले पनि साबित गर्ला ।

उता फिल्म टोली भने सपनाको स्वास्थ्यलाई लिएर भन्दा पनि फिल्मलाई लिएर चिन्तित छ । निर्देशक सुदर्शन थापाले फिल्मलाई असफल बनाउन आफूहरु माथि गम्भीर प्रकृतिको आरोप लगाइएको दाबी गरे । उनले सुटिङ सकिएपश्चात् सपना ढलेको स्वीकार गरे पनि आफूहरुले बेवास्ता गरेको कुरा झुट्टो भएको दाबी गरे । कोरस डान्स गर्नु भएकी बहिनीको स्वास्थ्य लाभका लागि फिल्म टिमले सक्दो सहयोग गरिरहेको छु थापाले भने ।

पुस ३० गते साढे ४ बजे सुटिङ सकेर होटल कोठातर्फ लागेपछि सपनाको स्वास्थ्य अवस्था अचानक बिग्रेको खबर आफूले पछि मात्रै जानकारी पाएको थापाको दाबी छ । ञसपना बहिनीको स्वास्थ्य अवस्था सुटिङको समयसम्म ठीक थियो । सुटिङ प्याकअप गरिसकेपछि हामी सबै बसोबास गरिरहेको होमस्टेतर्फ लाग्यौँ । बेलुका खाना खाइसकेपछि डान्सर बहिनीहरु आफू बसिरहेको होमस्टेमा रमाइलो गर्नुभएको रहेछ । जहाँ नाच्ने गाउने कार्यक्रम पनि भइरहेको थियो । सोही क्रममा बहिनी सपना महर्जन अचानक ढल्नुभएछु थापाको भनाइ थियो ।

फिल्मको निर्माण टिमले महर्जनको उपचारका लागि नेपाल चलचित्र नृत्य संघलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको उनले जानकारी दिए । तर, त्यो पैसा उपचार गराइरहेकी सपनाको हातमा पुगेको छैन । यस विषयमा थापा भन्छन्, संघले अन्य संघ संस्थाबाट पनि फन्ट कलेक्सन गरिरहेको छ । हामी पनि लागिरहेका छौँ । बहिनीको उपचार पोखरामा हुन सक्दैन भने काठमाडौंमा लगेर उपचार गराउनसमेत हामी पछाडि पर्दैनौंँ । कलाकार प्रकाश घिमिरेले सपना महर्जनको स्वास्थ्यलाई लिएर प्रसाद–२ टिममाथि लगाइएको आरोप गलत भएको दाबी गरे । म आफैँ प्रत्यक्ष त्यहाँ उपस्थित छु । हामीले नै कोर्डिनेसन गर्दै सपना बहिनीलाई उपचारका लागि पोखरा पठाएका छौँ । उनले भने। निर्माता सुभाष थापाले सपनाको स्वास्थ्यप्रति आफू गम्भीर रहेको बताए । कोरस डान्सर सपना बहिनीको स्वास्थ्यप्रति म र मेरो टिम गम्भीर छ । उहाँको उपचार पोखरामा हुन सक्दैन भने पनि काठमाडौं लगेर हामी उपचार गराउँछौंँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्