भिडियोमा चाहिँदैन भो पैसाको थुप्रो



गायक सुदन गैह्रेले नयाँ गीत चाहिँदैन भो पैसाको थुप्रो नी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि विदेसिनु पर्दैन, विदेश जाने खर्चले नेपालमै केही गर्न सकिन्छ भन्ने भन्ने भाव गीतले व्यक्त गरेको छ । गीतमा शब्द रचना गणेश शाहीको रहेको छ भने संगीत गायक स्वयम गैरेकै र संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ ।

भिडियोमा दुई युवा दम्पतीको जीवन संघर्ष प्रस्तुत गरिएको छ । भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन् । फराज अर्पणले छायांकन र सम्पादन गरेको भिडियो गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भिडियो राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्