कर्णाटिक २.० र कुटुम्बको संगीत सकुन



भारतीय राजदूतावासले भारत स्वतन्त्रताको ७५ वर्ष तथा भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्षका अवसरमा राजधानीमा गत शुक्रबार संगीत सुकुन नामक एक सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा भारतीय सांगीतिक समूह कर्नाटिक २.० र नेपाली सांगीतिक समूह कुटुम्बले सांगीतिक प्रस्तुति दिएर संगीतप्रेमीलाई मोहित तुल्याएका थिए । कार्यक्रममा भारतको ७४औं गणतन्त्र दिवस पनि मनाइएको थियो ।

प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, परराष्ट्रमन्त्री श्रीमती विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रधान सेनापति प्रभुराम शर्मालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा कर्नाटिक २.० साङ्गीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेर दर्शकलाई मोहित तुल्याएको थियो । त्यसैगरी, नेपाली सांगीतिक समूह कुटुम्बले नेपाली मौलिक संगीत प्रस्तुत गरेर दर्शक उफारेको थियो । दुवै सांगीतिक समूहले मिलेर प्रस्तुत गरेको तालको पानी माछीले खानीले दर्शकलाई थप रोमाञ्चित तुल्याएको थियो ।

भारतीय सांगीतिक समूह कर्नाटिक २.० ले कर्नाटक संगीतको विभिन्न रागलाई पश्चिमा सङ्गीतसँग संयोजन नयाँ प्रयोग प्रस्तुत गर्दै आएको छ । त्यसैगरी, कुटुम्बले विभिन्न नेपाली लोक बाजा प्रयोग गरी नेपाली मौलिक संगीतलाई संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा पनि सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्