स्वास्थ्यमन्त्री गिरीद्वारा निर्माणाधीन आधारभूत अस्पतालको निरीक्षण



बाँके।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले दादुरा प्रकोप क्षेत्रको अवलोकनकै क्रममा बाँकेको खजुरामा रहेको निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको निरीक्षण गर्नु भएको छ।

सोही क्रममा समयमै अस्पताल निमाण सम्पन्न भएमा सञ्चालनका लागी मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्ने जानकारी समेत उहाँले गराउनुभयो । साथै मन्त्री गिरीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आइसियु सेवा शुभारम्भ गरी सो अस्पतालको अवलोकन निरीक्षण समेत गर्नुभयो।

उहाँले यस क्षेत्रका क्यान्सरका बिरामीहरूलाई काठमाडौँ तथा विदेश जान नपर्ने गरी सेवा बिस्तार गर्दै उत्कृष्ट सेवा दिन अस्पताल परिवारलाई अनुरोध गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस्