बँदेललाई थापेको पासोमा बाघ परेपछि…



दैलेख ।

दैलेखको दुल्लु नगरपालिका ९ स्थित चिसापानीमा बाघ पासोमा परेको छ । वर्षा याममा बँदेल आतङ्क हुने उक्त क्षेत्रमा पहिले नै बँदेलको लागि हालिएको पासोमा बाघ परेको हो।

पसोमा बाघ परेपछि हेर्नेहरुको भिँड लागेको छ । वर्षा याममा मकै खेतीमा बँदेल आतङ्क हुने गरेपछि स्थानीयहरूले बाली जोगाउन खोला किनारसँगै बनक्षेत्रसँग जोडिएको बारी छेउमा मसिनो तार थापेर बनाइएको पासोमा हिजो (शनिबार ) बाघ परेको हो। पासोमा परेको उक्त बाघ आज बिहान मात्र स्थानीयहरूले देखेपछि वडा कार्यालय र प्रहरीलाई खबर गरेका थिए ।अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्