सुनको मूल्य घट्याे, प्रतिताेला कति पुग्याे ?



काठमाडाैं  ।

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुनको मूल्य   प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताकाे कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएके थियो ।

आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्