चीनमा कोभिड संक्रमणको ग्राफ चुलिँदै : ८० प्रतिशत मानिस संक्रमित, ६० हजार व्यक्तिको अस्पतालमै मृत्यु



बेइजिङ । चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् ।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताए ।

लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्,जसले ठूलो प्रकोप व्यवस्थापन गर्न कम सुसज्जित ग्रामीण क्षेत्रहरूमा ताजा प्रकोपको त्रास बढाएको छ ।

सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झण्डै एक महिनापछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्