चिकित्सक संघको उपत्यका बाहिरको निर्वाचन सकियो



काठमाडौँ।

नेपाल चिकित्सक संघको काठमाडौंबाहिरको निर्वाचन सकिएको छ । हिजो र आज उपत्यका बाहिरका १६ केन्द्रमा चिकित्सक संघको निर्वाचन सम्पन्न भएको संघले जानकारी दिएको छ ।

संघका अनुसार सबै केन्द्रमा शुक्रबार १८७८ र शनिबार १७७२ गरी गरी ३ हजार ६५० मत खसेको छ।

दुवै दिन बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म मतदान भएको थियो । सबैभन्दा धेरै नेपाल चिकित्सक संघ चितवन शाखाको मतदान केन्द्र भरतपुर अस्पतालको तालिम हलमा ५३० मत खसेको संघले जानकारी दिएको छ । सबैभन्दा कम हुम्लामा २३ मत खस्यो।

काठमाडौँ उपत्यकामा भने आगामी १९, २० र २१ गते निर्वाचन हुँदैछ।

चिकित्सक संघको नयाँ कार्यसमितका लागि हुने निर्वाचनमा १२ पदका लागि निर्वाचन हुँदैछ । १९ पदमध्ये वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्