ईमाथेका २२ देखि ८२ वर्षका नागरिकको घरआगनमै ब्लड प्रेसर जाँच 



काभ्रे। 

पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगका कारण बिरामी हुनेको सङ्ख्या बढ्दै जानुले हरेक घर तथा समाजमा जटिल अवस्थामा बिरामी बढ्दै गएका छन् ।
यसलाई समयमै स्वास्थ्य परीक्षण गरी रोकथाम गरौँ भन्ने उद्देश्य धुलिखेल नगरपालिका वडा नं ७ स्थित ईमाथे टोल सुधार समितिले रक्तचापको अवस्थाका बारेमा ईमाथे टोलमा शनिवार एक कार्यक्रमको आयोजना गरी परीक्षण सम्पन्न गरेको छ ।

ईमाथे टोल सुधार समितिको आयोजनामा ईमाथे टोलवासीहरूको ब्लड प्रेसर जाँच कार्यक्रम गरिएको टोल सुधार समितिका अध्यक्ष अजब माकजुले बताउँनुभयो । ब्लडप्रेरको अवस्था परीक्षण कार्यक्रममा २२ वर्ष देखि ८२ वर्ष उमेर समूहका ४६ जना स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा कार्यरत स्थानीय सिनिएर नर्स (एएनएम) सुचित्रा माकजूको प्रत्यक्ष सहयोगमा ब्लड प्रेसर परीक्षण गरिएको थियो ।

घर आँगनमै ब्लड प्रेसर परीक्षण गरी स्वास्थ्यका बारेमा जागरुक गराउने उद्देश्य जनचेतना फैलाउनका लागि आफूले सिकेको सीप समाजमा प्रयोग गरेको सुचित्रा बताउँनुहुन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्