बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण



काठमाडौं ।

बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुस्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन  २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् । पुस्पाले १३औँ सागमा रजत पदक जितेर पदक जित्ने कीर्तिमानीसमेत बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्