आत्मनिर्भर लाघुवित्तले आईपीओ खुला गर्दै



काठमाडौं। 

आत्मनिर्भर लघुवित्तले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।  यसमा फागुन १५ गतेसम्म सर्वसाधारणहरूले आवेदन दिन सकिनेछ भने कम्पनीले सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

यसमा माघ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँअंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्ने भएको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर अर्थात् १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको हो । जारी पुँजीको ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था अथवा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्